ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् । सरकारले जनताको अभिमत भन्दा विपरित नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्ट्राचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताए ।
त्यसै गरि प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई आग्रह समेत गरेका छन् । देशलाई अस्थिरताबाट जोगाउन जुन अभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधि सम्बत ढंगले देशलाई अगाडि बढाउन ताजा जनादेश आवश्यक भएको पनि ओलीले बताए।
Post Views: 1,258
Leave a Reply