नेकपा ओली समूहको जनसभा विराटनगरमा आज

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन ८, २०७७      0

नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले शनिबार विराटनगरमा विशाल जनसभा गर्दैछ । नेकपा प्रदेश १ को आयोजनामा हुन लागेको जनसभालाई प्रधामन्त्री एवं नेकपा अध्यक्ष ओली, गृहमन्त्री रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरूले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

प्रतिनिधिसभा भंग गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको प्रधानमन्त्री ओली पक्ष निर्वाचनको लहर सिर्जना गर्न भन्दै ठाउँठाउँमा जनसभा गर्दै हिडेको छ । सो समूहले काठमाडौं, बुटवल, दाङ लगायका प्रमुख शहरहरूमा जनसभा गरेर आफ्नो पक्षमा जनता रहेको देखाएको छ ।

नेकपा औपचारिक रूपमा विभाजन नभइसके पनि दाहाल–नेपाल र ओली समूहले आफ्नो समूह नै आधाकारिक भएको दावी गर्दै आएका छन् । निर्वाचन आयोगले पनि विभाजनको टुंगो लगाउन सकेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *