प्रथम राष्ट्रपति डा. रामवरण यादवले असंवैधानिक ढंगले संसद विघटनको प्रस्तावलाई वैधानिकता दिएर राष्ट्रपति संस्थाको गरिमालाई धुमिल बनाइएको प्रति चिन्ता व्यक्त गरेका छन्।
डा. यादवले राष्ट्रपतिको कदमबाट संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई कुल्चिदै प्राप्त उपलब्धिलाई ग्रहण लगाउने काम भएको टिप्पणी गरे।
शुक्रबार जनकपुरधाममा डा. शोभाकर पराजुलीको समाजवाद र बीपी कोइराला तथा बीपी विचार संग्रहको पुस्तक लोकार्पण गर्दै उनले लोकतन्त्र र संविधान समाप्त पार्न प्रधानमन्त्रीको भूमिकालाई राष्ट्रपति संस्थाले प्रत्यक्ष सहयोग गरेको बताए। उनले भने, ‘राष्ट्रपतिले संविधानको रक्षा गर्ने ठाउँमा समाप्त पार्न खोज्यो’, यादवले भने, ‘संसद पुनस्र्थापना नभए देश कसरी अघि बढ्छ भन्ने कुरा कल्पना बहुत दुःखद छ।’
डा. यादवले दुई संस्था मिलेर संसद र संविधान समाप्त पार्न खोजे पनि तेस्रो संस्था न्यायपालिबाट संविधान र लोकतन्त्रका पक्षमा फैसला हुने विश्वास व्यक्त गरे।
Leave a Reply