श्रमजीवी ऐन लागु गर्न सरकार तयार ः मन्त्रि गुरुङ

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन ८, २०७७      0

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवी ऐन लागु गर्न सरकार तयार रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय समाचार समिति(रासस) को ६० औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार श्रमजीवी ऐन लागू गर्न तयार रहेको बताएका हुन् ।

उनले पत्रकार महासंघले श्रमजीवी ऐन लागू गराउनको निम्ति आन्दोलन गरे सरकारको साथ रहने पनि बताएका छन् । पत्रकारहरुले सञ्चार गृहले गरेको अन्याय र शोषणको आक्रोश सरकारलाई व्यक्त गर्ने गरेको उनको भनाई छ ।
ब्रेकिङ न्यूजको होडबाजीले आम सञ्चार क्षेत्र र पत्रकारिता क्षेत्रप्रति मानिसहरुको विश्वसनियता घट्ने गरेको पनि उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *