आन्दोलन सफलतामा नपुगि विश्राम हुँदैन : खनाल

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन ९, २०७७      0

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिंडेको टिप्पणी गरेका छन् ।ओली समुहले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् ।

भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनि गरेको र देशभर पञ्चभेला गर्दै हिंडेको बताए ।

उनले आफू भारतमा रहदा कुनैपनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारेका छन् । आफ्नो देशको समस्या आफै हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए।

नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगि विश्राम नहुने पनि बताए । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले जानकारी गराए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *