जनताको पक्षमा फैसला नभए आन्दोलनमा जाने : सर्वोच्चलाई ओलीको धम्की

 ग्लोबल टिभि      आइतवार, फाल्गुन ९, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विपक्षमा फैसला भए आन्दोलनमा जाने भन्दै सर्वोच्च अदालतलाई धम्की दिएका छन्।
शनिबार विराटनगरमा ओली पक्षीय नेकपाको प्रदेश कमिटीको आयोजनामा भएको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा फैसला नभए आन्दोलन हुने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले सूर्य चिन्ह आफूहरुलाई दिनेमा ढुक्क हुन पनि कार्यकर्तालाई विश्वास दिलाएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसला भएमा राजनीतिक गठजोड गर्नका लागि सांसदहरूको किनबेच, सरकार बनाउने र ढाल्ने जस्ताा फोहोरी खेल हुने प्रधानमन्त्रीको तर्क छ ।

सर्वोच्च अदालतले देशका विभिन्न भागमा भएका सभाहरूबाट प्रकट भएका जनताका अभिमत, संविधानको मर्म र भावना तथा विघटन नभएपछिको परिणामलाई ध्यान दिएकाले कुनै पनि भ्रममा नपरी चुनावको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई दिर्नेशन समेत दिएका हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *