महिला नेतृत्वमा आए भ्रष्टाचार अन्त्य र सुशासनको स्थिति धेरै माथि हुन्छ : कांग्रेस नेतृ दाहाल

शीर्ष नेतृत्वले पनि ‘सत्तामा भाग खोजेको जस्तो सन्देश जाने गरि ’ काम  गर्नुहुन्न

 ग्लोबल टिभि      सोमवार, कार्तिक १७, २०७७      0

उमा दाहाल नेपाली कांग्रसकि जुझारु नेतृ । कांग्रेस महासमित सदस्य एवं मकवानपुर जिल्ला सल्लाहकार रहेर सक्रिय राजनीतिमा छिन् दाहाल । कांग्रेसको बिधानले महिलालाई नेतृत्वमा आउन प्रशस्त ठाँऊ दिएको भन्दै उनले महिलाहरु उच्च नेतृत्वमा आए ‘भ्रष्टाचार कम हुने र सुशासन कायम गर्न मद्धत पुग्ने पनि बताइन् । समसामयिक बिषयमा ग्लोबल टेलिभिजनको अनलाइन संस्करणले दाहालसंग गरेको कुराकानी ।
कांग्रेस महाधिवेशन निर्धारित समय फागुनमा हुने नहुनेमा अन्यौल छ, तयारी नपुगेको पनि भनिएको छ, कोभिडका कारण पनि महाधिवेशन सार्नुपर्छ भन्ने आवाज पनि आइरहेका छन् के भन्नुहुन्छ ?
महाधिवेशन भनेको जीवन्त पार्टीको प्राण हो, आबधिक निर्वाचन र पार्टीको आन्तरिक निर्वाचनले पार्टीलाई सशक्त बनाउन मद्धत गर्छ, जहाँसम्म आसन्न महाधिवेशनको कुरा छ, कतिपय जिल्लामा क्रियाशिल सदस्यहरुको बिषय टुँग्याउन बाँकी छ भन्ने पनि सुनेको छु, मेरो जिल्ला(( मकवानपुर)मा त्यस्को पनि समस्या छैन । हो, कोभिडले कतियय काम सहज गर्न नसकिएला तर महाधिवेशननै सार्नुपर्छ जस्तो लाग्दैन । हामीले बिश्वमा हेर्यौ भने पनि ठूला ठूला देशमा निर्वाचन सम्पन्न भएका छन् । अहिले बिभिन्न प्रविधिको प्रयोग गरेर पनि कतिपय काम गर्न सकिन्छ । महाधिवेशन सार्दा बर्तमान नेतृत्व पदमा बढी बस्न खोज्यो भन्ने आरोप पनि लाग्न सक्छ । एक दुइ महिना यताउता हुनु छुट्टै कुरा हो तर महाधिवेशन गर्नुको बिकल्प छैन । महाधिवेशनबाट सशक्त कांग्रेस बनाएर देशलाई नै नेतृत्व गर्नेगरि अघि बढ्नुको बिकल्प छैन ।
फागुनमै महाधिवेशन गर्न सम्भव छ त ?
मैले भनिसकें, कतिपय जिल्लाहरुमा तयारीको कुरा, ठूलो समूहको ब्यवस्थापनको कुरा हुनसक्ला तर स्वास्थ्य मापदण्ड पालन गरि , भर्चुअल प्रविधिको प्रयोग गरेर पनि महाधिवेशन गर्ने तर्फ जानुपर्छ, एकाध महिना पर लान सकिएला तर कोभिडको कारण देखाएर महाधिवेशन अनिश्चित बनाउनु चाँहि हुन्न । समयमै महाधिवेशन नगरे नेतृत्वको नियतमा पनि प्रश्न गर्ने ठाँऊ बन्छ ।
कांग्रेसमा महिलाहरु नेतृत्वमा आउन कति सहज कति असहज छ ?
बिधानत कांग्रेसमा नेतृत्वमा आउन सहज छ । कतिपय सन्दर्भमा कोटा पुर्याउनका लागि पनि महिलालाई नेतृत्वमा ल्याएको जस्तो देखिन्छ । तर कांग्रेसमा महिलाहरुको योगदान अतुलनीय छ । शीर्ष तहकै नेतृत्वमा रहेर पनि काम गरेका छन् । महिलाहरु नेतृत्वमा आउन अपरिहार्य छ । अझ सक्षम महिला नेतृत्वमा आउनुपर्छ ।
महिलााहरु नेतृत्वमा आँउदा पार्टी अझ गतिशिल हुन्छ ?
मैले भनिसकें, महिलाहरु नेतृत्वमा आउनुपर्छ, त्यस्मा पनि सक्षम महिला नेतृत्वमा आउन जरुरी छ ।
म तपाँइलाई उदाहरण दिन्छु,, महिलाहरुले चलाएका सहकारी हेर्नुस् त कति गज्जबसंग चलाएका छन् । त्यहाँ भ्रष्टाचारका कुराहरु सुनिदैंन ।हामीले देखेका छौं हजार खर्च नगरि लाखौंको बिल बन्ने जस्तो स्थिति महिलाहरुले नेतृत्व गरेकोमा देखिंदैन । म त भन्छु महिलाहरु शीर्ष नेतृत्वमा आए भ्रष्टाचार नियन्त्रण र सुशासन को स्थिति धेरै माथि जान्छ ।
कांग्रेसको लामो राजनीतिक इतिहास छ, कैयौं पटक सत्ताको नेतृत्व गरेको छ तर विपक्षी भूमिकामा कांग्रेस प्रभावकारी देखिएन भन्ने आबाज उठेको छ नि ?
निश्चय पनि यो देशमा कांग्रेसको खाँचो छ । भन्ने गरिन्छ नि कांग्रेस बिग्रिएको र कम्युनिष्ट सप्रिएकोमा तुलना गर्दा ‘बिग्रिएको कांग्रेस’ नै अघि हुन्छ । आधुनिक नेपाल बनाउन कांग्रेको भूमिका अहं छ । तर अहिले विपक्षी भूमिकामा अलमलिएको जस्तो देखिन्छ । विपक्षीको भूमिकामा हामी फेल भयौं कि जस्तो पनि लाग्छ । तर पनि देशलाई कांग्रेसको बिकल्प छैन । गल्ती, कमजोरी, सुधार्दे अघि बढ्नुपर्छ । शीर्ष नेतृत्वले पनि ‘सत्तामा भाग खोजेको जस्तो सन्देश जाने गरि ’ काम  गर्नुहुन्न । सरकारका गलत कामको भण्डाफोर सशक्त ढंगले गर्नुपर्छ ।
सरकार दुइ तिहाइको नजिकको भएपनि जनताका लागि केहि गर्न सकेन भन्ने आबाज उठिरहेका छन् ?
हो , यो सरकार इतिहासकै निर्लज्ज सरकार हो , यत्रो कोभिडको महामारी छ , सरकार आफ्नै पार्टीको रडाकोमा रुमल्लिएको छ ।
संविधानले मौलिक हक मानेको, संक्रामक रोग ऐनले परिभाषित गरेका रोगको उपचार गर्न पनि सरकारले मोटो रकम तोकेको छ यो भन्दा लाजमर्दो अबस्था के हुन्छ ?  यो देशमा सरकार छ भनेर प्रश्न गर्नुपर्ने स्थिति छ । सरकारका असक्षमता, कहिल्यै नभएका भ्रष्टाचारका घटनामा कांग्रेसले सशक्त आबाज उठाएर जनतालाई भन्नुपर्छ कि देश बनाउन , खासगरि आधुनिक नेपाल बनाउन कांग्रेसनै जरुरी छ । कांग्रेसको बिकल्प छैन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *