संसद पुनर्स्थापना हुनेभएपछि ओली अत्तालिएः रामचन्द्र पौडेल

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १०, २०७७      0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउने दिन नजिकिँदा प्रधानमन्त्री केपी शर्मा ओली अत्तालिन थालेको बताएका छन् ।

आइतबार राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले अदालतले संविधान अनुसार फैसला गर्न लागेको आभास ओलीलाई भइसकेको बताए । ‘संविधानमा भएको व्यवस्थालाई टेकेर सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्न लागेको ओलीले थाहा पाइसके’ उनले भने, ‘त्यही भएर उनी अत्तालिए ।’

शनिबार विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । ‘ओलीले तिमीहरु मेरो पक्षमा फैसला गर्दैनौं भने आन्दोलन गर्छु भनेका छन् । केपी ओलीले प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने ?, प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलन गर्नुस् ।’

पौडेलले जस्तोसुकै सेटिङ गरेपनि सर्वाेच्चले संविधानको धारा नटेकीकन फैसला नगर्ने दावी गरे । संसद विघटनसम्बन्धी मुद्धा अहिले पनि अदालतमा विचाराधीन रहेकाले कांग्रेसले ठूलो आन्दोलन नगरेको पौडेलले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *