प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै हुनुपर्छ : सभापति बानियाँ

 ग्लोबल टिभि           0

साउन १६-नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिरमा गर्नुपर्ने बताएका छन् । सोमबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले संघीय व्यवस्था कमजोर बनाउने तत्त्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताए ।

देशमा संघीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देशभित्र र बाहिरका तत्त्व निर्वाचन समयमा हन नदिन लागि परेको बताए । शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उनको भनाइ छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउँदो मंसिर पहिलो साता हुनुपर्ने भन्दै उनले सरकारले यसबारेमा छिट्टै निर्णय गर्नुपर्ने बताए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गरे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *