पूर्व प्रधानमन्त्री भट्टराईको आजबाट सुरू हुँदै उपचार

 ग्लोबल टिभि           0

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको आजबाट भारतको नयाँ दिल्लीमा उपचार सुरु हुँदैछ । भट्टराईको दिल्लीको बसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेमा उपचार हुने प्रेस सल्लाकार विश्वदिप पाण्डेले जानकारी दिए । दिउँसो साढे १ बजे वरिष्ठ चिकित्सक बिक्रम भाटियाले भट्टराईको स्वास्थ्य परीक्षण गर्नेछन् ।

यसअघि भट्टराईले ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा न्यूरो इन्डोक्राइनमा टियुमर पलाएको आशंका गरिएपछि भट्टराई आइतबार श्रीमती हिसिला यमी र प्रेस सल्लाहाकार विश्वदिप पाण्डेका साथ दिल्ली गएका हुन् । उनीहरु दिल्ली स्थित नेपाली दूताबासमा बसेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *