ग्लोबल टिभि
सोमवार, फाल्गुन १०, २०७७
0
सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु भएको हो ।
आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिएको हो । खानेपानी मन्त्री मणि थापाले परीक्षण गरिने कार्यको शुभारम्भ गरेका हुन् । विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको छ ।
परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ ।
उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।
Post Views: 1,090
Leave a Reply