कैलाश/संजय- अमेरिकीसभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछी उत्पन्न तनाबले नेपालमा चिन्ता बढेको छ । चिन, अमेरिका र ताईवानका बिच उत्पन्न असहज परिस्थितीको असर नेपालसम्मै आईपुगेको छ । विश्वका दुई महाशक्तिका बिच तनाब बढ्दा चिनसँग सिमाना जोडिएको नेपाल प्रभावित हुन्छकी भन्ने भयले सताउन थालेको छ । यस मामिलामा नेपालकाकेही कम्युनिष्ट शक्तिहरु भने चिनको पक्षमा उभिएका छन ।
अमेरिकीसभामुख न्यान्सी पलोसीले भ्रमण गरेपछी चिन र अमेरीकाबिच ताईवानलाई लिएर तनाब बढेको छ । विश्वका दुई महाशक्ती आमने–सामने हुँदा युद्धको सम्भावना देखिएको भन्दै नेपालमा समेत चिन्ता बढेको छ । शक्ति राष्ट्रका बिच शक्ति सघंर्ष चलिरहेका बेला बिहिबार नेपालका ४ वटा साना कम्युनिष्ट पार्टीहरुले सामुहिक चिन्ता ब्यक्त गरे । नेकपा माले, नेकपा नेपालवाद, माओबादी क्रान्तिकारी र नेकपाका नेताहरुले एक चिन नितीको समर्थन गर्दै सरकारले अमेरीकी हस्तक्षेपको विरोध गर्नुपर्ने बताएका छन ।
अमेरिकाले चिनविरुद्ध प्रयोग गरेर नेपाललाई खतरा बढाएको आरोप कम्युनिष्ट नेताहरुको छ । चिन,अमेरिका तनाबले एमसीसी र एसपिपी सम्झौता नेपालको बिरुद्धमा रहेको प्रमाणित भएको क्रान्तिकारी माओवादीका नेता इन्द्र रावलले बताए । नेपालमा रहेर चिनलाई सिध्याउने अमेरिकी रणनिती नेपालका लागी घातक साबित हुने उनको चेतावनी छ ।
त्यस्तै नेकपा मालेका प्रवक्ता कुमार बेलबासेले रुष युक्रेन युद्धका बाछिटा पुगे जसरी चिन ताईवान बिबादका बाछिटा पनी नेपालमै पुग्ने बताए । यो मामिलामा नेपाल सरकार चनाखो हुनु पर्ने उनको भनाई छ ।
अमेरिकी सभामुखको ताइवान भ्रमणको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समेत विरोध गरेका थिए । नेपालस्थित चिनिया राजदुतले समेत ताइवानलाइ लिएरअमेरिका र चीनबिचको तनावमा नेपालको समर्थन खोजेकी थिइन् ।
Leave a Reply