नारायणहिटी अगाडि जुत्ता हान्ने कार्यक्रम

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १०, २०७७      0

नेकपा दाहाल-नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार संसद विघटन विरुद्व जुत्ता हानेर प्रदर्शन गरेको छ। नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले संसद् विघटनलाई प्रतिगमन भएको भन्दै जुत्ता प्रहार गरेका हुन् ।

प्रतिगमन विरुद्व दाहाल-नेपाल समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । तीन चरणको विरोधसभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *