संसद विघटनको कदम सर्वोच्च बाट सच्चिनु पर्छ : रघुजी पन्त

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १०, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताएका छन्।

नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधि सभा विघटन विरुद्व सोमबार काठमाडौंमा आयोजना गरेको विरोध ¥यालीमा कुरा गर्दै नेता पन्तले असंवैधानिक रुपमा भएको संसद विघटन सर्वोच्च अदालतको फैसलाद्धारा सच्चिन सम्भव भएको बताएका हुन्। सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद पुन:स्थापना गर्नेमा विश्वास रहेको बताए ।

जनतालाई जागरुक बनाउन र संसद पुन:स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तले जानकारी गराए । माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको ¥यालिमा प्रदर्शनकारीहरुले संसद पुन:स्थापनाको माग गर्दै नाराबाजि गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *