काठमाडौं । नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ । बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएको थियो तर अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाटै पक्राउ गरेको हो ।
उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिएका हुन् । उनलाई आजै काभ्रे पठाउने तयारी भएको छ । पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीलाई सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।
Leave a Reply