नियुक्त राजदूतहरुले गरे शपथ ग्रहण

 ग्लोबल टिभि           0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

राजभण्डारी बेल्जियमका लागि, अधिकारी पाकिस्तानका लागि र खड्का जर्मनीका लागि नेपाली राजदूत नियुक्त भएका हुन् ।

यसअघि मन्त्रिपरिषदको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले ६ कात्तिकमा उनीहरुलाई राजदूत नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीक कुमार ज्ञवाली र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *