राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै, के संकटकाल लाग्ला ?

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन ११, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बालुवाटारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक डाकिएको हो । बैठकको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् ।

खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकता अनुसार बैठक बस्ने चलन छ ।

स्रोतका अनुसार संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिक वृत्तसँग छलफल गरिरहेका छन् । विभिन्न दलका नेता र सुरक्षा निकायका प्रमुखसँगपनि प्रधानमन्त्रीले भेट गरेर परामर्श लिइरहेको स्रोतको भनाइ छ ।

खास समयमा बस्ने बैठक आकस्मीक रुपमा प्रधानमन्त्री आव्हान गरेपछि यो बैठकलाई महत्वका साथ हेरिएको छ । कहिँ संसद पुर्नस्थापना भए संकटकाल लगाउने प्रधानमन्त्रीको तयारी हुनसक्छ भनेर पनि विश्लेषण हुन थालेका छन् ।

संसद पुनस्थापनाको पक्षमा अदालतले निर्णय गरे र सुर्य चिन्ह आफूलाई नदिए आन्दोलनका लागि उर्तिने प्रधानमन्त्रीले यसअघि नै धम्की दिएका छन् । सो धम्की दिएको केही दिनपछि बस्न लागेको परिषद्को बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थाप र प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रतिनिधि सभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा भएको यो भेटले राजनीतिमा तरंग ल्याएको छ ।

यसअघि परिषद्को बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । त्यहीराति भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका थिए ।

सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *