‘संसद विघटनको मुद्दा’ आज हेर्दाहेर्दैको पेसी

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ११, २०७७      0

सर्वोच्च अदालतको संवैधानीक इजलासले प्रतिनिधिसभा विघटनको मुद्धा हेर्दाहेर्दैको पेसीमा राखेको छ । फैसला दिन ढिलाई हुँदा अदालत र इजलासमाथि दबाब र प्रभाव बढ्नसक्ने भन्दै प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराले मंगलबार हेर्दाहेर्दैको पेसी तोकेका हुन् । यो मुद्दामा सकेसम्म छिटो फैसला सुनाउने संवैधानिक इजलासको तयारी छ ।

बढीमा दुई तीन दिनभित्र सर्वोच्चले फैसला सुनाउने अपेक्षा गरिएको छ । ५ न्यायाधिश रहेको संवैधानिक इजलासले सकेसम्म सर्वसम्मत राय बनाउने प्रयास गरिरहेको छ । त्यसो हुन नसके मत विभाजन हुनेछ ।

तीन वा सो भन्दा बढी न्यायाधिशको मत जतातिर जान्छ, सोही अनुसार फैसला आउनेछ । प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएको रिटमा पक्ष विपक्षका कानुन व्यावसायी एवं एमिकस क्यूरीका विज्ञहरुको बहस नोट बुझेपछि सर्वोच्च अदालतले यो मुद्दालाई हेर्दाहेर्दैको पेसी तोकेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *