ओलीको धम्कीपछि निर्वाचन आयोग सक्रिय, निर्वाचन सामाग्री खरिदको तयारी थाल्यो

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन ११, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको विषयलाई लिएर असन्तुष्टि जनाएपछि निर्वाचन आयोग सक्रिय भएको छ । आयोगले आफ्नो समूहलाई आधिकारिकता नदिए आन्दोलन गर्ने धम्की दिएलगत्तै निर्वाचन आयोगले निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको हो ।

आगामी वैशाख १७ र २७ गरी दुई चरणका लागि सरकारले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वान गरी सात दिनको सूचना सार्वजनिक गर्दैछ ।

करिब २५ करोडबराबरको निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वानको सूचना प्रकाशित हुने आयोगले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने कुल ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री खरिदका लागि मात्रै अहिले प्रक्रिया अगाडि बढाएको र बाँकी जिल्ला कार्यालयले खरिद गर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

आयोगले किन्न थालेका सामग्रीको सूची

  • मतपेटिका स्टिकर
  • परिचयपत्र मतदान प्रतिनिधिदेखि निर्वाचन प्रतिनिधिसम्मको
  • पोल बुक (बुथमा टिप्पणी उठाउने रजिस्टर)
  • विभिन्न कार्ड (भित्र, बाहिर, पुरुष, महिला, धुम्रपान निषेधित आदि लेखिएका नौ थरीका)
  • मतपेटिका सुरक्षण सिल
  • रबर म्याट
  • स्वस्तिक छाप (रबर र पित्तलको)
  • नङमा मसी लगाउने मार्कर (नउड्ने मार्कर)
  • छेकबार (मत खसाल्ने गोप्य कक्ष)
  • स्टाम्प प्याड र मसी
  • सोचर (पैसा गन्दा ओस लगाउने सामग्र्री)
  • प्लास्टिक बोरा र थैली
  • फोटोकपी पेपर र ग्लुस्टिक
  • कोरा कपडा (मसी पुछ्ने), थैली
  • स्टाप्लर मेसिन, स्टाप्लर मेसिनको पिन
  • मेटल स्केल
  • कैँची
  • जेल पेन (कालो र रातो)
  • मार्कर पेन
  • पन्चिन मेसिन
  • लाहा छाप

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *