प्रतिगमनविरुद्व आदिवासी जनजाती संगठनको प्रदर्शन

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ११, २०७७      0

प्रतिनिधि सभा विघटनविरुद्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल – नेपाल समूह निकट आदिवासी जनजाती संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको विरोधमा दाहाल -नेपाल निकट आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ लगायतले मंगलबार संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

शान्ति बाटिकाबाट शुरु भएको प्रदर्शन भोटाहिटी, असन, इनद्रचोक हुँदै बसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *