ग्लोबल टिभि
मङ्लबार, फाल्गुन ११, २०७७
0
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला सुनाएको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणाको इजलासले आज विघटित संसद पुर्नस्थापना गर्ने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरेका थिए ।
यससंगै नेपालको संसदीय इतिहासमा तीन पटक प्रतिनिधिसभा पुर्नस्थापना भएको छ । नेकपा एमालको अल्पमतका प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालमा गरेको सदन विघटनलाई २०५२ भदौं १२ गते सर्वोच्च अदालतले पुर्नस्थापना गरिदिएको थियो । त्यसै गरी २०५९ साल जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विघटन गरेको संसद २०६२–६३ को जनआन्दोलनबाट बैशाख ११ गते पुर्नस्थापना भएको थियो ।
Post Views: 1,198
Leave a Reply