ग्लोबल टिभि
0
नेपाली कांग्रेसका सह–महमन्त्री डा.प्रकाशशरण महतले सर्वोच्च अदालतको निर्णयलाई स्वभाविक भन्दै स्वागत गरेका छन् । मंगलबार सर्वोच्च अदालतबाट संसद भङ्ग गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेपछी सह–महामन्त्री डा.महतले संसद पुनर्स्थापना गर्ने फैसलालाई स्वागत गरेका हुन् ।
‘सर्वोच्च अदालतको निर्णयलाई नेपाली कांग्रेसले स्वीकार गर्छ भनेर निर्णय गरेको थियो । जे निर्णय आएपनि मान्ने कांग्रेसको दृष्टीकोण थियो’, उनले भनेका छन्, ‘सर्वोच्चको निर्णयलाई हामीले स्वभाविक रुपमा लिएका छौँ ।’
डा.महतले संसद पुनस्र्थापना गरे पनि नयाँ जनादेशमा जान भने पनि सर्वोच्चको निर्णयलाई मान्ने कांग्रेसको निर्णय रहेको उनले बताए ।
Post Views: 1,392
Leave a Reply