विकास रौनियार, धादिङ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै सडकमा खुसीयाली मनाउन थालिएको छ ।
मंगलबार साँझ सर्वौच्च अदालतले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटको निर्णय बदर गरे लगत्तै सडकमा खुसीयाली मनाइएको हो ।
झण्डै २ महिना लामो सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गरेको हो । फैसलासँगै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने फैसला पनि गरेको छ ।
संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न १३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिनिधिसभा पुर्नस्थापनाको खुसियालीमा धादिङ सहित देशैभर दीप प्रज्ज्वलन गरिएको छ । धादिङको पुछारबजारमा नेकपा प्रचण्ड माधव समूहले दीप प्रज्ज्वलन सहित देश र जनताको पक्षमा सर्वोच्चको फैसला आएको भन्दै खुसियाली मनाएको छ ।
Leave a Reply