प्रधानमन्त्री केपीशर्मा ओलीले तत्काल राजीनामा नदिने प्रेस सल्लाहाकार सूर्य थापाले बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने जानकारी दिएका हुन् ।
https://www.facebook.com/permalink.php?story_fbid=279119336928011&id=105043977668882
’प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ’ थापाले लेखेका छन् ’तत्काल राजीनामा दिनुहुने छैन।’ उनले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको उल्लेख गरेका छन् । ’सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ’ थापाले लेखेका छन्’ यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।’
प्रधानमन्त्रीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि उक्त निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको थियो । बदरसँगै विभिन्न दलका नेताहरूले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
Leave a Reply