ग्लोवल टि.भी.
बुधबार, फाल्गुन १२, २०७७
0

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । बुधबार देशभर विजय उत्सवको आयोजना समेत गरेका दाहाल–नेपाल समूहले दिउँसो ४ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले ग्लोवललाई जानकारी दिए ।
पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको बुधबारको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आब्हन गरिएको छ । नेकपाका दुवै पक्षका गरी १ सय ७४ सांसद छन् । जसमा दाहाल–नेपाल समूहमा ९० भन्दाबढि सांसदहरु छन् ।

Leave a Reply