तत्काल राजीनामा नै ओलीको उत्तम विकल्प
ग्लोबल टिभि
0
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले देशलाई दुर्घटना हुनबाट जोगाएको बताएका छन् । संसद पुनर्स्थापना सत्यमाथिको विजयी भएको उनले बताए ।
’संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको छ, ग्लोवलसँग कुराकानी गर्दै पौडेलले भने, ‘म न्यायमुर्तिहरुलाई धन्यवाद दिन्छु, प्रधानमन्त्रीलाई त्यो कुर्सीमा बसीरहन एक सेकेन्ड पनि अधिकार छैन, तत्काल राजीनामा नै उहाँको उत्तम विकल्प हो’ । पौडेलले अब संसदले नै नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए ।
Post Views: 1,919
Leave a Reply