संसद पुनर्स्थापनापछि कांग्रेसले दिपावली गरि मनाइदैँ

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १२, २०७७      0

संसद पुनर्स्थापना पक्षमा सर्वोच्चको फैसलासंगै नेपाली कांग्रेस काठमाडौं १५ नगरसमितिले बुधवार दिपावली गर्दैछ । नगरसमितिले शोभाभगवति स्थित गणेशमान सिंहको शालिक अगाडि दिप प्रजोलन गरि खुसीयाली साटासाट गर्ने नगरसभापति देवरत्न डंगोलले जानकारी दिए ।
डंगोलले भने, ‘सर्वोच्चको फैसला नेपाली जनताको पक्षमा छ, लोकतन्त्रमा कसैको मनपरी चल्दैन ।’ साँझ छ बजेदेखि सूरु हुने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री नविन्द्रराज जोशीले संवोधन गर्ने कार्यक्रम रहेको छ । नगरसमितिले दिपावली कार्यक्रममा सहभागी हुन सवैलाइ आव्हान गरिसकेको सभापति डंगोलले जनाए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *