नेकपा ओली समूहको स्थायी कमिटी बैंठक बालुवाटारमा सुरु

 ग्लोबल टिभि           0

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक शुरू भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एक नेताले बताए ।

बैठकमा संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने बताइएको छ ।

जारी बैठकमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने भन्ने विषयमा छलफल हुने ती नेताले बताए ।

नेकपाको अर्को समूह प्रचण्ड नेपाल समूहले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग सहित दबाब दिएपछि प्रधानमन्त्री ओली दबाबमा छन् । यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीले राजीनामा नदिने तर संसदको सामना गर्ने बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *