बुढानिलकण्ठ पुगे दाहाल – नेपाल , देउवासंग छफलफल जारी

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १२, २०७७      0

काठमाडौं । नेकपा (दाहाल-नेपाल)पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल  र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।

बुधबार चितवनबाट फर्केलगत्तै दाहाल – नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। उनीहरूबीच अहिले छलफल जारी छ।

प्रचण्ड र नेपाल करिब सवा एक बजे देउवा निवास पुगेका थिए।

सर्वोच्चले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो। अब कसरी अगाडि बढ्ने भन्नेबारे देउवा, दाहाल – नेपालबीच छलफल भएको छ।

दाहालले सबै दलसँग सहमति र समझदारी गरेर अघि बढ्ने बताइरहेका छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *