ग्लोबल टिभि
बुधबार, फाल्गुन १२, २०७७
0
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग नेकपा(दाहाल – नेपाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन् ।
सभापति देउवालाई भेट्नका लागि आज देउवा निवास पुगेका अध्यक्षद्वय नेपाल र दाहालले सभापति देउवासँग सँगै मिलेर जान प्रस्ताव गरेका हुन् ।
भेटमा वर्तमान राजनीतिक परिस्थीतिका बारेमा छलफल हुनुका साथै दाहाल -नेपालले सबै मिलेर जाऊँ भन्ने प्रस्ताव गरेको स्रोतले बतायो । जवाफमा देउवाले दाहाल – नेपालको सहकार्यको प्रस्तावमा पार्टीमा छलफल गर्ने आश्वसन दिएको स्रोतको भनाइ छ ।
कांग्रेसले प्रचण्ड नेपालको प्रस्तावका बारेमा छलफल गर्न भोलि पदाधिकारी बैठक बोलाइएको छ ।
भोलि पदाधिकारी बैठक बोलाउने तयारी भएपनि समय भने निश्चित भइसकेको छैन् । पदाधिकारी बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।
Post Views: 573
Leave a Reply