आजदेखि बस्ने भनिएको गोविन्द केसीको अनशन स्थगित

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १२, २०७७      0

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता चिकित्सक गोविन्द केसीले आजबाट गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् ।

संसद विघटनको विरोध गर्दै संविधान रक्षाको माग गर्दै उनले आज देखि अनशन बस्ने घोषणा गरेका थिए ।

बुधबार माइतीघरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफूसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने बताए ।

प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको केसीले बताएका छन् ।

आफूसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।

डा. केसीले प्रतिनिधिसभा पुनर्स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार पाइनसकेको भन्दै उनले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओलीको जस्तै रहने हो भने अवस्थामा खासै परिवर्तन नआउने बताएका छन् ।

‘पछिल्ला ३ वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन’ उनले भनेका छन् ।

केसीले २०५२ सालपछिको अवधिमा सांसद किनबेचसहित विकृत गठबन्धन राजनीतिको अभ्यास दोहोरिन नदिन पनि सचेत गराएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *