काँग्रेसले केही गरेन भन्नेहरुले नै काँग्रेस खोज्न थालेका छन् – देउवा

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १२, २०७७      0

काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै यतिबेला कांग्रेस खोज्न थालेको बताएका छन् ।

आज काठमाडौँमा कांग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म(जयन्तीको अवसरमा राखिएको विचार गोष्ठीमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले यतिबेला जनताले कांग्रेसको खोजी गरेको तर भोट दिने बेला भोट नदिएको टिप्पणी गरे । उनले जनताले कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको समेत बताए ।

‘अब यो काँग्रेसले केही पनि गर्दैन भन्या छ सबले, जनताले भोट दिएन अहिले काँग्रेस चाहिएको छ, कांग्रेसलाई खोज्न थालेका छन् मान्छेहरुले,’ सभापति देउवाले भने ।

उनले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस नै चाहियो रु’

उनले जनताले नेकपालाई भोट हालेको र आफूहरूले मान्नुपर्ने अवस्था आएको बताए । साथै उनले संसद पुनःर्स्थापना भएकोमा खुशी व्यक्त गरे ।

विचार गोष्ठीमा बोल्दै उनले तोकिएकै समयमा कांग्रेसको १४ औं महाधिवेशन हुने पनि दाबी गरे ।

देउवाले नेकपाभित्र दुई समूह देखिए पनि कानूनी रुपमा एउटै पार्टी भएको बताए । साथै उनले नेकपा फुटोस् भन्ने चाहना नराखेको पनि बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *