आजै संसदीय दलको बैंठक बेलाउने नेपाल – दाहाल समूहको निर्णय

 ग्लोबल टिभि           0

काठमाडौँ । नेकपाको (दाहाल–नेपाल) समूहको स्थायी कमिटिको बैठकले आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले सिंहदरबारमा आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिएकाले अब प्रक्रियामार्फत अघि बढ्ने निर्णय समेत प्रचण्ड नेपाल समूहको नेकपाको स्थायी कमिटिले गरेको छ ।

‘केपी ओलीले तत्कालै राजीनामा दिनुपर्छ भनेर हामीले भनेका थियौँ, तर अहिलेसम्म राजीनामा नदिएको अबस्थामा प्रतिनिधिसभाको बैठकमार्फत् प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

स्थायी कमिटिको बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई समेत स्वागत गर्ने निर्णय गरेको छ । बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासालाई सुदृढ गर्दै सामाजिक न्यायलाई काम राख्न गम्भिर आत्मसमिक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रचण्ड र माधवकुमार नेपालले आज गरेको भेटबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने,‘प्रतिगमनका विरुद्ध पनि कांग्रेससँग सहकार्य गर्न चाहन्थ्यौँ । तर कांग्रेसले निर्णय गर्न सकेन । प्रतिनिधिसभा पुनर्स्थापना
भएपछि कसरी अघि बढ्ने भन्ने विषयमा मिलेर जान कांग्रेस सभापति शेरबहादुर देउवासँग आज छलफल भएको हो ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *