संविधान विरोधिहरुलाई सत्ताको नेतृत्वमा आउन नैतिकताले दिदैनः नविन्द्रराज जोशी

 ग्लोबल टिभि           0

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नेकपा नेतृत्वमा बनेको कम्युनिष्ट सरकारले जनमत गुमाएको बताएका छन् । प्राप्त उपलब्धीपछि समृद्धिको यात्रा तय गर्नुपर्नेबेला संविधानमाथि नै पटक पटक प्रहार गरि देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भएपनि त्यसलाई रोकेर सर्वोच्च अदालतले संविधानको सर्वोच्चता कायम गरेको बताए ।

कांग्रेस काठमाडौं १५ इकाइकमिटिद्धारा आयोजित एक कार्यक्रमलाई संवोधन गर्दै जोशीले यस्तो बताएका हुन् । ‘सरकार गठन भएदेखि नै यो सरकार केन्द्रीकृत र स्वच्छचारी थियो, उनले भने, अप्राकृतिक रुपमा भएको गठवन्धन फुट्नु स्वभाविक हो ।’

जोशीले लोकतन्त्र र संविधान विरोधिहरुलाई सत्ताको नेतृत्वमा आउन नैतिक्ताले नदिने औल्याए । दुईतिहाइ मत दिएको जनताको विस्वास माथि विस्वासघात गर्नेहरुलाई आगामी निर्वाचनबाट जनताले परास्त गर्ने उनले दावी गरे । उनले भने, ‘तत्काल संसद आव्हान गरेर संसद भित्रैबाट संविधान अन्तरगत स्थानीय निर्वाचन अगाडि नै ताजा जनमतका लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’

अर्को प्रशंगमा जोशीले पार्टीको स्पष्ट धाराणा तय गर्दै आगामी भाद्रामा महाधिवेशन सम्पन्न गरि निर्वाचनको तयारीमा कांग्रेस जुट्नुपर्ने बताए । संविधान पूनर्स्थापनका लागि पार्टीका नेता कार्यकर्ता र आम सर्वसाधारणको महत्वपूर्ण योगदान रहेको भन्दै उनले सवैलाई धन्यवाद समेत दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *