दाहाल–नेपाल स्वार्थबाट लपेटिएका मान्छेहरु हुन्ः प्रधानमन्त्री ओली

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरु भनि टिप्पणी गरेका छन् । पुष्कपमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता मान्छेहरुलाई सानोसानो विषयले ठूलै असर गर्ने भएकोले चितवनमा ‘मुह मिठा’ गरेको टिप्पणी गरे ।

सर्वोच्चको फैसलापछि बुधबार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रुपमा लिएको बताए ।

उनले भने,‘मैले प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाईहरुले लड्डु खुवाईखुवाई गरे रे, लड्डु खाएछन । खुसी भएर, जित्यौं भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन अब हेर्नुछ ।’
प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्ने समेत बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *