दिउँसो तीन बजे पदाधिकारी बैठक बस्दै
नेकपाका दुवै समूहले सरकार गठनमा सहकार्य गर्न खोजेसँगै नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले बिहिवार पदाधिकारीको बैठक बोलाएको हो ।
दिउँसो तीन बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले ग्लोवल टेलिभिजनलाई जानकारी दिए ।
यसअघि बुधवार देउवालाई भेट्न पुष्पकलम दाहाल र माधव नेपाल बुढानिलकण्ठ पुगेका थिए । विकसित राजनीतिक घटनाक्रम, संसद पुनर्स्थापनापछि कांग्रेसको रणनीति, नेकपाको प्रस्ताव लगायत विषयमा छलफल आजको बैठकमा हुनेछ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेसँगै नयाँ सरकार गठनको बहस सुरु भएको छ । यसमा कांग्रेस निर्णायक भूमिकामा छ । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।
Leave a Reply