कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा १६ देशमा शाखा प्रमुख मनोनित

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन १३, २०७७      0

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले विदेशस्थित नेपाली जनसम्पर्क समितिका १६ देशमा प्रतिष्ठानको शाखा प्रमुख मनोनयन गरेका छन्।

पहिलो चरणमा मनोनयन भएकाहरुमा डा. बलराम श्रेष्ठ (जापान), खेमराज बस्नेत (युएई), रामकुमार महतो (स्विजरल्याण्ड), रामबहादुर गुरुङ (हंगकंग), केशब बराल (अमेरिका), देबि भुसाल (दिपिका) इजरायल रहेका छन्।

यसैगरी, क्रान्ति सिंह (कतार), सोम सापकोटा (माल्टा), जितेन्द्र सिंह महतो कोरिया, डा. जितु उपाध्याय (क्यानाडा), राजकुमार गौतम (पोर्तुगल), बिनोदबहादुर थापा (मलेसिया), प्रेम सापकोटा (अस्ट्रेलिया), पदम क्षेत्री (रामचन्द्र) नेदरल्याण्ड, गोपालप्रसाद कोइराला (भारत) र कोपिला लिम्बू (बेलायत) रहेका छन्।

जनसम्पर्क समिति रहेका बाँकी देशमा पनि छिट्टै प्रतिष्ठानका प्रमुख चयन गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।

प्रतिष्ठानले यसअघि नै बिदेशस्थित नेपाली जनसम्पर्क समितिहरुसँग समन्वय गर्नका लागि गंगाधर गौतमलाई नियुक्त गरेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *