ग्लोबल टिभि
0
नेकपा केपी ओली समूहले बिहिवारको लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बुधवार बैठक बसको थियो ।
बैठकपछि संचारमाध्यमलाई जानकारी दिदै सो समूहका प्रवक्ता प्रदिप ज्ञवालीले बैठकलाई आजपनि निरन्तरता दिने बताएका थिए । तर, पार्टीभित्रका अन्य महत्वपूर्ण विषयहरु टुग्याउनका लागि पनि आज बोलाएको बैठक स्थगित भएको प्रधानमन्त्री प्रेस सल्लाहाकार सुर्य थापाले ग्लोवललाई जानकारी दिए ।
बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र विभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
Post Views: 1,339
Leave a Reply