ग्लोबल टिभि
0
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल , माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।
छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति दाहाल-नेपाल समुहले प्रस्ताव गरेको जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले बताए । जसपा नेताहरुले दाहाल-नेपाल समुहको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उनले बताए ।आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए ।
Post Views: 1,242
Leave a Reply