नेकपा आधिकारीक रुपमा फुटिसक्यो: पम्फा भुसाल

निर्वाचन आयोगले तत्काल निकास दिनुपर्छ

 ग्लोबल टिभि           0

नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका नेतृ पम्फा भुसालले नेकपा कानुनी रुपमा बाहेक आधिकरीक रुपमा फुटिसकेको बताएकी छन् ।

ग्लोवल टेलिभिजनसँगको कुराकानीमा प्रतिनिधि सभाका सांसद समेत रहेकी भुसालले नेकपा विवादको विषयमा तत्काल निकास दिनुपर्ने बताइन् । भुसालले केपी ओली समूहसँग सम्वादको बाटो नै अन्त्य भैसकेको दावी गरिन् ।

‘ओलीसँग सत्तासाझेदारीको विषयमा कुनैपनि सम्झौता हुदैन, सवैलाई गोलबद्ध हुन आग्रह गर्दछु ।’ उनले भनिन्, ‘अव बन्ने सरकार बहुदलिय सरकार बन्छ, ओलीसंग पदबाट राजीनामा बाहेक अन्य विकल्प छैन ।’ भुसालले यदि तत्काल राजीनामा आएन भने संसदबाट अविस्वासको प्रस्ताव दर्ता गरेर भएपनि ओलीलाई निकाल्ने बताइन् ।

अवको सरकार नेपाली कांग्रेस र जसपा लगाएतका अन्य दलहरुसँगको सहकार्यमा बहुदलिय सरकार बन्ने उनले जानकारी दिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *