नेपाली कांग्रेसका नेता रमेशजँग रायमाझीले मुलुकको अस्थीरतालाई सम्हाल्नुपर्ने भूमिकामा कांग्रेस जिम्मेवार भएर उभिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका रायमाझीले कांग्रेसले इतिहासदेखि नै आफूलाई मुलुकको अभिभावकका रूपमा प्रमाणीत गरेकाले अहिले पनि त्यो भूमिका पूरा गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली काँग्रेसले ईतिहास देखि वर्तमान सम्म मुलुकको अभिभावकको रुपमा आँफूलाई प्रमाणित गरेको बताएका छन् । उनले भने “नेपाली काँग्रेस हाल देखिएको मुलुकको राजनीतिक अस्थिरतालाई सम्हाल्नु पर्ने भूमिकामा जिम्मेवार भएर उभिनु पर्ने भएको छ” तर केही पात्रहरु जो आँफूले केही नपाउने भए पछि सिँगो पार्टीले गर्नु पर्ने दायित्वबाट समेत पार्टीलाई अलमल्याउन उद्धत देखिन्छन् । जनता र कार्यकर्ताले अनुमोदन गरेका सभापतिलाई हिजो चुनाब हारेका हरुवाले राजिनामा माग्नु कुन हैसियत राख्छन् ?”
Leave a Reply