प्रधानमन्त्री अ‍ोली र राष्ट्रपति भण्डारीबीच डेढ घण्टा गोप्य भेटवार्ता

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन १४, २०७७      0
Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter’s Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसलापछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास नै पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब डेढ घण्टा कुराकानी भएको स्रोतले बताएको छ । साँझ ७ बजेर १० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली ८ बजेर ५० मिनेटमा बाहिरिएका थिए ।

सर्वोच्चले संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

संसद विघटनको कदम सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका बेला प्रधानमन्त्री ओली भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्ने भन्नेबारे छलफल भएको बुझिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *