#BREAKING मस्तिष्कघात भएका काँग्रेस नेता जोशीको शल्यक्रिया सफल, अवस्था खतरा मुक्त

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन १४, २०७७      0

काठमाडौं । मस्तिष्कघात भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको अप्रेशन सफल भएको छ ।

मस्तिष्कघात भएर राजधानीको थापाथली स्थित नर्भिक अस्पताल उपचाररत जोशीको अप्रेशन सफल भएको र स्वास्थ्य अवस्था पनि खतरामुक्त रहेको अस्पतालमै रहेका ग्लोबल टेलिभिजनका संवाददाता लालकुमार मोक्तानले चिकित्सकलाई उद्धत गर्दै जानकारी दिए ।

गएराती करिब १२ बजेतिर स्वास्थ्यमा समस्या आएपछि जोशीलाई बीर अस्पताल लगिएको थियो । पछि थप उपचारका लागि जोशीलाई नर्भिक अस्प्तालमा लगिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *