नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवमं प्रधानमन्त्री के.पी. शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटरमा भएको भेटवार्तामा पार्टी एकताको विषयमा छलफल भएको स्रोतले बताएको छ ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा विभाजित नेकपाको एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन ।
तर, कुनै पनि समूहमा नलागेका उपाध्यक्ष गौतमले सुरुदेखि नै पार्टी एकतामा जोड दिदै आएका छन् । सर्वोच्च अदालतको फागुन ११ गतेको निर्णयले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि उनी एकताको पहलमा थप सक्रिय छन्।
प्रधानमन्त्री ओली र दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापनापछि सत्ता समीकरणको लागि विभिन्न राजनीतिक दलसंगको छलफललाई तीव्रता दिएका छन् । तर, गौतमले भने पार्टीलाई एक बनाइ नेकपाकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिदै आएका छन् ।
Leave a Reply