अपडेट: कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन १४, २०७७      0

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गएराती मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक राजीव झाका अनुसार जोशीको मस्तिष्कको संवेदनशील भागमा रगत जमेको छ । यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुने उनको अनुभव छ ।

‘यस्ता खालका मस्तिष्कघात भएका ७० प्रतिशत बिरामी निको हुँदैनन्,’ उनले भने,‘तर, प्रयास गरिरहेका छौं ।’ शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि सुरुमा जोशीलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आज बिहान मात्रै वीरबाट उनलाई थापाथलीस्थित नर्भिक अस्पताल सारिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *