देव गुरुङ भन्छन्–प्रमुख सचेतक फेर्न ओलीलाई नैतिकताले दिन्छ र ?

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन १४, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देव गुरुङले आफूहरुले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई नै हटाइसकेकाले उनले गरेको कारबाही वैधानिक नहुने बताएका छन् ।

केपी ओलीले दलको प्रमुख सचेतक परिवर्तन गरेको सम्बन्धमा ग्लोवल टेलिभिजनसंग संक्षिप्त कुराकानी गर्दै उनले भने, “हामीले ओलीलाई नै दलको नेताबाट हटाइसकेका छौँ । उहाँले संसदसँगै दल पनि भंग गर्नुभएको थियो । अहिले प्रमुख सचेतक परिवर्तन गर्न उहाँलाई कुनै नैतिक अधिकार छैन ।”

‘‘उहाँले संसदको हत्या गरिसक्नुभयो, त्यसलाई संर्वोच्चले पूर्ण जीवन दियो’’ उनले भने, ‘‘माफी मागेर राजीनामा गरेर काम चलाउ अवस्थामा भएको भएपनि उहाँसंग त्यो अधिकार हुन्थ्यो उहाँले नैतिक दरातल नै विर्सिनुभयो ।’’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *