अराजक राजनीति धेरै दिन टिक्दैन: सञ्चार मन्त्री

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन १४, २०७७      0

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले अविचलित रुपमा राष्ट्रका लागि काम गर्ने बताएका छन् । बरिष्ठ संगीतकार अम्बर गुरुङको जन्मजयन्तीका अवसरमाा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नै आगामी दिनमा पनि अविचलित रुपमा राष्ट्रका लागि काम गर्ने बताएका हुन् ।

मन्त्री गुरुङले अदालतको फैसला सर्वस्वीकार्य हुने र अदालतको फैसला अनुसार नै ओली नेतृत्वको सरकार अघि बढ्ने उल्लेख गरेका छन् । मुलुकमा देखिएको अराजक राजनीति धेरै दिन टिक्कन नसक्ने भन्दै मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने बाटोमा नेकपा प्रतिवद्ध रहेको धारणा राखेका छन् ।

त्यस्तै उनले राजनीतिलाई अनुशासनको बाटोमा हिडाउनुपर्ने पनि बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *