ओली समूहले गण्डकी प्रदेशमा गर्न लागेको सभा स्थगित

 ग्लोबल टिभि           0

नेकपा ओली समूह अन्तरगत गण्डकी प्रदेश कमिटिले शनिबार आयोजना गरेको सभा स्थगित भएको छ । पोखराको अमरसिंह चौरमा आयोजना हुन लागेको उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो ।

तर, तयारी नपुगेको भन्दै आजको सभालाई रोकेर पर्सी सारिएको बताइएको छ । पर्सीको सभामा भने प्रधानमन्त्री ओली जाने र प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्नेछन् ।

ओली समूहले हरेक शनिबार सभा गर्दै आएको थियो । यसअघि बुटवल, धनगढी र विराटनगर भएको सभामा उनी उपस्थित भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *