नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस कसैको पिछलग्गु बनेर सरकारमा नजाने बताएका छन् । जनताको ताजा मतमार्फत आगामी निर्वाचनबाट कांग्रेस स्वत सरकारको नेतृत्वमा जाने महतले दावि गरे ।
नुवाकोटको लिखु गाउँपालिका लिखु बजारमा प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला २०७७ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कम्युनिष्टहरुले समृद्ध नेपाल बनाउने कुरा नारामा मात्रै सिमित बनाएको भन्दै महतले मुलुकलाई सहि दिशा निर्देशका लागि कांग्रेसको नेतृत्व अपरिहार्य भएको औँल्याए ।
काठमाडौं छहरे सुरुङ मार्ग योजना कांग्रेस सरकारको पालामा बनेको भन्दै उनले कांग्रेस नेतृत्वको सरकारले नै सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने बताए । प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले महोत्सववाट स्थानीयवासीले बजार पहिचान तथा प्रबर्द्धन उपायहरु हासिल गर्ने वताए ।
महोत्सवको सुरु भएसंगै पर्यटकिय स्थल छहरेको लिखु बगर दुलही झैं सिँगारिएको छ । महोत्सवमा एक सय ५० स्टल रहेको छ । महोत्सव फागुन २२ गतेसम्म चल्नेछ
Leave a Reply