नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कुबेर शर्माको ८४ वर्षको उमेरमा निधन भएको छ । शर्माको हृदयघाटका कारण शुक्रबार काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग सामिप्यमा रहेर नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समयसम्म योगदान पु¥याएका शर्मा समाजवादी अवधारणा राख्थे । भ्रष्टाचारको विरुद्वमा जेहाद छाड्ने शर्मा २०५३ सालपछि कांग्रेस पार्टीबाट अलग भई हरियाली नेपाल पार्टीको संस्थापक सभापति बने ।
शर्माले तत्कालीन लाउडा काण्ड हुँदाको बखत कांग्रेस भित्र नातावाद र कृपावाद हावी भएको हेर्न र आत्मा स्वाभिमानले सहन गर्न नसकेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
शर्मा सप्तरीबाट २०४८ सालमा सांसदमा निर्वाचित भएका थिए । शर्मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट नेता थिए । शर्मालाई प्रख्यात चाटर्ड एकाउन्टेन्टको रूपमा मानिन्छ । विगत केही वर्षयता अस्वस्थताका कारण उनी सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए ।
Leave a Reply